१३ बैशाख २०८१, बिहिबार

ओली प्रधानमन्त्री भएकै बेला सेनाले एसपीपीमा सामेल हुन पत्र पठाएको खुलासा


केपी ओली, एसपीपी र राजेन्द्र क्षेत्री

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला नेपाली सेनाले अमेरिकी स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी) लाई पत्र पठाएको खुलासा भएको छ ।

नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एसपीपीमा सहभागी हुन गरेको पत्र सार्वजनिक भएको छ । एसपीपीमा सहभागी हुन अनुरोध गर्दै तत्कालीन प्रधानसेनापति क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई २०७२ साल कात्तिक १० (सन् २०१५ को अक्टोबर २७) गते पठाएको पत्र सार्वजनिक भएको हो ।

पूर्वप्रधानमन्त्री ओलीले पहिलोपटक २०७२ सालमा सरकारको नेतृत्व गरिरहेकै समयमा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति क्षत्रीले अमेरिकासँग एसएसपी सम्झौताका लागि पत्राचार गरेको देखिएको हो । ओली २०७२ असोज २५ गते पहिलो कार्यकालमा प्रधानमन्त्री नियुक्त भएको करिब १५ दिनपछि नेपाली सेनाले पत्र पठाएको खुलासा भएको हो ।

तत्कालीन प्रधानसेनापति क्षत्रीले नेपाल सरकारको तर्फबाट एसएसपी कार्यक्रममा निकट भविष्य नै सामेल हुन इच्छुक रहेको स्पष्ट पारेको ३ बुँदे पत्रलेखेका थिए । उक्त पत्रमा नेपालको विपद व्यवस्थापनको तयारी अवस्थाका लागि तथा विभिन्न संकट व्यवस्पनमा सहयोग पुग्ने अपेक्षा नेपालले गरेको छ ।

हिजो बुधबार अमेरिकी दुतावसाले नेपाली सेनाको पत्रका आधारमा सन् २०१९ मा नेपाललाई स्टेट पार्टनरसिप प्रोग्राममा छनौट गरिएको उल्लेख गरेको थियो । सन् २०१५ र सन् २०१७ मा प्राप्त पत्रका आधार आफूहरुले नेपाली सेनालाई उक्त कार्यक्रममा सामेल गरेको उल्लेख गरेको थियो ।

आजको प्रतिनिधिसभा बैठकमा एसपीपीका विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रश्न उठाएपछि सांसदहरूबीच आरोप-प्रत्यारोप चलेको थियो । सोही क्रममा एमाले सांसदले नेपाली कांग्रेसका तत्कालीन सभापति स्व. सुशील कोइरालाका पालामा सेनाले पत्र पठाएको आरोप लगाएका थिए ।

तर पत्र सार्वजनिक भएसँगै ओली प्रधानमन्त्री भईसकेपछि पत्र पठाएको खुलासा भएको हो । यसैबीच एसपीपीका विषयमा नेपाली सेनाले जारी गरेको विज्ञप्ति पनि गलत सावित भएको छ । सेनाले एसपीपीमा संलग्न हुनका लागि आफूले पत्राचार नगरेको र कहिल्यै नगर्ने पनि उल्लेख गरिएको थियो ।

यस्तो छ हेर्नुहोस् नेपाली सेनाले एसपीपीमा सामेल हुन पठाएको पत्र

नेपाली सेनाले एसपीपीमा सामेल हुन पठाएको पत्र

यो पनि पढ्नुहोस्

सञ्चारमन्त्री कार्कीको जिकिर : एसपिपी सम्बन्धी कुनै निर्णय भएको छैन र हुँदैन

नेपाल एसपिपीमा संलग्न हुँदैन : गृहमन्त्री खाण

ओली सरकारले एसपीपी सम्झौता गरेको प्रमाणित गरेर देखाउन प्रचण्डलाई एमालेको चुनौती

प्रचण्डको दावी : ओली सरकारले एसपीपी सम्झौता गरेको हो

अमेरिकी दूतावासले भन्यो- एसपीपीमा सहभागी हुन नेपालले दुईपटक अनुरोध गर्यो, हामीले स्वीकार गर्यौं

विश्वप्रकाशले भने- अमेरिकालाई प्रष्ट भन्नुपर्छ, एसपिपी हामीलाई स्विकार्य छैन

सहमति बिना कुनै पनि सम्झौतामा हस्ताक्षर हुँदैन : प्रधानमन्त्री देउवा

कानूनमन्त्रीको स्पष्टोक्ति : एसपिपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी छैन

नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने दस्तावेज असत्य हो : अमेरिकी दूतावास


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !