२४ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले आज प्रतिनिधिसभामा जवाफ दिने


शेरबहादुर देउवा र जनार्दन शर्मा

काठमाडौँ । प्रतिनिधिसभाको आज बैठक बस्दैछ । नयाँवानेश्वरस्थित संघीय संसद भवनमा आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।

आज बस्न लागेको प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यक्रम रहेको छ । प्रतिनिधिसभामा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन आजका लागि समय निर्धारण गरिएको छ ।

हिजो असार १ को बैठकमा ती मन्त्रालय र निकायकासमेतले जवाफ दिइसकिने समय तोकिए पनि हिजो राति अबेरसम्म चलेको बैठकमा पनि प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिन नभ्याएपछि सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि पुनः समय तोकेका हुन् ।

हिजोको बैठकमा ती मन्त्रालय र निकायकासमेत जवाफ दिइसकिने समय तोकिएकामा हिजो राति ९ः३० बजेसम्म चलेको बैठकपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त जानकारी गराएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !