१४ बैशाख २०८१, शुक्रबार

एमाले सांसद लामाद्वारा जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग


नविना लामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग गरेकी हुन् ।

सांसद लामाले समयमा पाठ्यपुस्तक पुर्याउन नसक्ने जनक शिक्षा सामग्री केन्द्रलाई पैसा किन दिइरहने भनेर प्रश्न गर्दै सो केन्द्रलाई खारेज गरेर पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने जोडदार माग माग गरेकी छन् ।

उनले बेलैमा कागज किन्न नसक्ने र पुस्तक छाप्न नसक्ने केन्द्रलाई खारेज गरेर वैकल्पिक उपाय खोजी निजीलाई दिएर तुरुन्त किताब पाउने कुराको सुनिश्चित गर्नुपर्ने माग गरेकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !