२० बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री देउवा र सभामुख सापकोटावीच भेटवार्ता


शेरबहादुर देउवा र अग्निप्रसाद सापकोटा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटावीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र सभामुख सापकोटावीच भेटवार्ता भएको हो ।

आइतबार अपरान्ह भएको भेटमा प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको हो ।

यसैगरी प्रधानमन्त्री देउवा र सभामुख सापकोटावीच नागरिकता लगायत विचाराधिन विधेयकहरु र उपसभामुख चयनका विषयमा पनि छलफल भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !