२३ बैशाख २०८१, आइतबार

संसदको बैठक सुरु, अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्दै


प्रतिनिधिसभा

काठमाडौँ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठक सुरु भएको छ । गठबन्धन सरकारले आज आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्न लागेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले केही बेरपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को वार्षिक आयव्यय प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यसअघि हिजो शनिबार बसेको प्रतिनिधिसभाको बैठकबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको थियो भने राष्ट्रियसभाको शुक्रबारको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको थियो ।

सरकारले आज बजेट ल्याउनुअघि संघीय संसदका दुवै सदनहरु प्रतिनिधिसभा र राष्ट्रियसभामा नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

नेपालको संविधानबमोजिम जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने अनिवार्य व्यवस्था अनुसार बजेट प्रस्तुत गर्नुअघि सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेश गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !