१४ बैशाख २०८१, शुक्रबार

देउवालाई रावलको प्रश्न : नेपालको कूटनीति कहिलेदेखि सैनिकिकरण भयो ?


शेरबहादुर देउवा र भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको कूटनीति कहिलेदेखि सैनिकिकरण भयो ? भनेर प्रश्न गरेका छन् ।

पूर्वरक्षामन्त्री समेत रहेका रावलले आज सामाजिक संजाल ट्वीटरमा लेख्दै नेपालको कूटनीति कहिलेदेखि सैनिकिकरण भयो ? एमसीसी सम्झौता पछि ? हो भनेर देउवा सरकारलाई गम्भीर प्रश्न गरेका छन् ।

नेता रावलले देश निर्वाचनमा रहेको बेला प्रधानमन्त्री देउवा सरकार संविधानद्वारा निर्देशित असंलग्न स्वतन्त्र परराष्ट्र नीति भत्काउन तल्लीन रहेको आरोप समेत लगाएका छन् ।

रावलले प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा जान लागेको सूचना थाहा पाएपछि देउवा अमेरिका भ्रमणमा जाने रे र सोको लागि अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले अमेरिकी रक्षा उपसहायक मन्त्रीसंग कुरा गरेको रे भनेर व्यंग समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘देश निर्वाचनमा रहेको बेला प्रमं देउवा सरकार संविधानद्वारा निर्देशित असंलग्न स्वतन्त्र परराष्ट्र नीति भत्काउन तल्लीन छ । प्रमं देउवा अमेरिका जाने रे, त्यसको लागि राजदूत खत्रीले अमेरिकी रक्षा उपसहायक मन्त्रीसंग कुरा गरे रे ! नेपालको कूटनीति कहिलेदेखि सैनिकिकरण भयो ? एमसीसी सम्झौता पछि ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !