१४ बैशाख २०८१, शुक्रबार

नीति तथा कार्यक्रममाथि संसदमा आजदेखि छलफल सुरु हुँदै


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजे संसद भवन नयाँ वानेश्वरमा बस्ने प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने भएको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमको पहिलो कार्यसूचीमा आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि संसद्‌मा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने रहेको छ ।

सम्भावित कार्यक्रमको दोस्रो कार्यसूचीमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत गर्ने र उक्त संशोधनमाथि छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम मंगलबार संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरेकी थिइन् ।

यस्तो छ हेर्नुहोस् संसदको सम्भावित कार्यक्रम

संसदको सम्भावित कार्यक्रम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !