२४ बैशाख २०८१, सोमबार

मायादेवी गाउँपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित


नेपाली काँग्रेस

रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ध्रुवनारायण चौधरी विजयी भएका छन् ।

चौधरीले पाँच हजार ३८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का उम्मेदवार रामअधारे अहिरले चार हजार ९८८ मत प्राप्त गरे । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि चौधरी अध्यक्षमा निर्वाचित भएका थिए ।

त्यस्तै उपाध्यक्षमा लोसपाकी उम्मेदवार नर्वदादेवी उपाध्याय चार हजार ९४२ मत प्राप्त गरी विजयी भए । सो पदमा कांग्रेसका उम्मेदवार तारादेवी यादवले चार हजार ८८९ मत प्राप्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !