२० बैशाख २०८१, बिहिबार

पोखरा महानगर प्रमुखमा गठबन्धनका आचार्य र उपप्रमुखमा एमालेको अग्रता


धनराज आचार्य र मञ्जुदेवी गुरुङ

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् ।

हालसम्म एक लाख १९ हजार ३१९ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ४७ हजार ९९२ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ४४ हजार १३९ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार ८५३ मतान्तरसहित अग्रता हासिल गरेका हुन् ।

उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५० हजार २६० मतसहित अघि छिन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ४७ हजार ४७० मतसहित उनलाई पछ्याइरहेकी छन् ।

महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ वटा वडा रहेको पोखराका १८ वडामा कांग्रेस विजय भएको छ भने सात वटा वडामा एमाले विजय भएको छ । महानगरको वडा नं १७, १८, १९, २१, २२, ३१, ३२, ३३ को मतगणना जारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !