१४ बैशाख २०८१, शुक्रबार

काठमाडौँमा बालेनले कटाए २० हजार मत, केशव र सिर्जनाले पनि कटाए १० हजार


बालेन साह, केशव स्थापित र सिर्जना सिंह

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले लगभग दोब्बर मतको फराकिलो अग्रता कायमै राखेका छन् । स्वतन्त्र उम्मेदवार साहले २१३२४ मत प्राप्त गरेर आफ्नो अग्रता कायम राख्दै २० हजार मत भन्दा बढी मत ल्याएका हुन् ।

त्यसैगरी प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले ११२१६ र नेपाली कांग्रेसका सिर्जना सिंहले १०३६२ मत पाएर केशवलाई पछ्याउँदै छिन् । हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा कामपाको मत गणना कार्य भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !