२६ बैशाख २०८१, बुधबार

विराटनगरमा काँग्रेसका उम्मेदवार कोइरालाको ५३६१ मतको फराकिलो अग्रता


नागेश कोइराला र सागर थापा

विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धनको तर्फवाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका नागेश कोइरालाले फराकिलो अग्रता कायमै राखेका छन् ।

विराटनगर महानगरमा ६४२३८ मतगणना भइसक्दा नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार कोइरालाले २०७९५, नेकपा (एमाले) का सागर थापाले १५४३४ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपप्रमुख पदमा एमालेकी शिल्पा कार्कीले १७८६९ मत प्राप्त गरी आफ्ना अग्रता कायम राखेकी छन् भने गठबन्धनका जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले १०३९४ मत प्राप्त गरेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !