२१ बैशाख २०८१, शुक्रबार

पोखरामा गठबन्धनका उम्मेदवार आचार्यको फराकिलो अग्रता


धनराज आचार्य र कृष्ण थापा

पोखरा । स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका धनराज आचार्यले फराकिलो अग्रता लिएका छन् ।

जारी मतगणनामा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का आचार्यले ८५६३ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ७२७८ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले १२८५ मतले अग्रता हासिल गरेका हुन् ।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ८८७६ मतसहित अघि छन् भने एमालेका मञ्जुदेवी गुरुङले ८२७१ मतसहित उनलाई पछ्याउँदै छिन् ।

महानगरको वडा नं १ मा एमाले, वडा नं २, ३, ४ र १२ मा कांग्रेस विजय भएको छ भने वडा नं २३ मा वडाध्यक्ष कांग्रेससहित तीन सदस्य एमालेबाट विजय भएका छन् । महानगरपालिकाको वडा नं ५, १३, २४, २५ र २६ मा मतगणना भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !