१४ बैशाख २०८१, शुक्रबार

गठबन्धनले धाँधली गरेर लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको छ : नेकपा एमाले


शङ्कर पोखरेल फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनले धाँधली गरेर लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको आरोप लगाएको छ ।

स्थानीय तहको निर्वाचन-२०७९ सम्पन्न भएर मतगणना जारी रहेको सन्दर्भमा एमालेका महासचीव शंकर पोखरेलले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै एमालेविरुद्ध मोर्चाबन्दीले नपुगेर सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको हुन् ।

एमालेले गठबन्धनले मतदान र मतगणनाको क्रममा योजनाबद्ध धाँधली गरेको आरोप लगाएका हुन् । महासचिव पोखरेलद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीका साहारा लिएको छ ।’

एमालेले निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा (एमाले) को विपक्षमा परिचालित भएको आरोप लगाएको छ । एमालेले पुनः मतदान र मतगणनाको लागि दिएको उजुरीउपर गम्भीरताका साथ ध्यान दिइ कार्यान्वयन गर्न पनि माग समेत गरेको छ ।

‘हामी सत्ता गठबन्धनबाट नेकपा एमालेविरुद्ध गरिएका मोर्चाबन्दीको बाबजूद निर्वाचनमा उभिएको पार्टी हो । मोर्चाबन्दीले नपुगेर धाँधलीमा उत्रेको, योजनाबद्ध धाँधलीलाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गर्दछौँ’, महासचिव पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ हेर्नुहोस् एमालेले जारी गरेको प्रेस विज्ञप्ति

एमालेले जारी गरेको प्रेस विज्ञप्ति एमालेले जारी गरेको प्रेस विज्ञप्ति एमालेले जारी गरेको प्रेस विज्ञप्ति

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !