१४ बैशाख २०८१, शुक्रबार

बैशाख ३० गठबन्धनका लागि सबैभन्दा ठूलो खड्को भएको ओलीको टिप्पणी


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाख ३० पाँच दलीय सत्ता गठबन्धनमा रहेका दलका लागि सबैभन्दा ठूलो खड्को भएको बताएका छन् ।

एमालेले आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयको मनमोहन स्मृति हलमा जारी पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले गठबन्धनका लागि सबैभन्दा ठूलो खड्को भनेकै बैशाख ३० गते रहेको बताएका हुन् ।

अध्यक्ष ओलीले धेरै ज्योतिशहरूले भनेकाको आधारमा गठबन्धनका लागि ठूलो खड्को भनको बैशाख ३० भएकोले असारसम्म पनि गठबन्धन नटिक्ने ठोकुवा गरेका छन् । उनले अहिले गठबन्धनका नेता विष गमनमा मात्रै लागेको समेत आरोप लगाए ।

उनले ज्योतिषीहरूले गठबन्धनलाई सबैभन्दा ठूलो खड्गो वैशाख ३० हो भनेका बताएका छन् । तर कस्तो दिन जुराएर निर्वाचन मिति तोके छन् ? भनेर ओलीले प्रश्न समेत गरेका छन् ।

ओलीले ज्योतिषीहरूले भनेको आधारमा गठबन्धनलाई ढाँड नै भाँचिने गरी क्षति हुने संकेत गरे । उनले आफूले भनेका कुरामा विश्वास नभए प्रधानमन्त्री शेरबहादुर देउवालाई भन्न समेत आग्रह गरेका छन् । ओलीले देशभर एमालेले राम्रो मत ल्याएर विजयी हुने दावी समेत गरे।

उनले आफ्ना एजेन्डा भन्दा पनि विष गमनमा गठबन्धनका नेता लागेर धम्कि दिँदै हिड्नु सबै आचारसंहिता बिपरितको कार्य भएको भन्दै गठबन्धन अपराधिक भएको पनि आरोप लगाए ।

ओलीले संसद् विघटनपछि सर्वोच्च अदालतले पुन:स्थापना गरी गठन भएको नयाँ सरकारले संसदीय मूल्य र मान्यतालाई नै कुल्चिएर राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गरेको आरोप लागेका छन् ।

ओलीले कांग्रेसले संसद्लाई बन्धक बनाउनुको साथै स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍याएको बताए । ओलीले नेपालको विकास र सम्वृद्धिको लागि सूर्य चिन्हमा मतदान गरेर विजय गराउन पनि आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !