१४ बैशाख २०८१, शुक्रबार

गठबन्धन समयको आवश्यकता हो : सभापति बानियाँ


नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले गठबन्धन समयको आवश्यकता भएको र यो न्यायपूर्ण रहेको बताएका छन् ।

काठमाडाैंको रत्नपार्कस्थित शान्ति वाटिकामा पाँच दलीय सत्ता गठबन्धनले आज आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै सभापति बाँनियाले गठबन्धन समयको आवश्यकता भएको स्पष्ट पारेका हुन् ।

उनले शान्तिप्रक्रिया, संविधानको मर्म तथा भावनाको एक अर्का पक्ष रहेका कांग्रेस र माओवादीलगायत शक्ति रहेको तथ्यलाई नेपाली जनताले आत्मसात् गरेको बताए ।

“डनवाद, धनवाद, भ्रमवादबाट मुक्त भएर गठबन्धनका उम्मेदवारको पक्षमा मतदात गर्न म सबै मतदातालाई आग्रह गर्दछु”, सभापति बानियाँले भने । उनले महानगरको जिम्मेवारी महिलालाई दिएको भन्दै सिंहले महानगरलाई विशेष बनाएरै छाडिने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !