२२ बैशाख २०८१, शनिबार

साझा उमेदवारलाई जिताउन कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन


माधवकुमार नेपाल फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले साझा उमेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिएका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशन दिएका हुन् ।

अध्यक्ष नेपालले राष्ट्रिय सभा निर्वाचनमै केपी शर्मा ओलीको पार्टीलाई धुलो चटाएको बताए । दुईजना पालिकाका प्रमुख र तीनजना उपप्रमुख निर्विरोध निर्वाचित भइसकेको उनले बताए । ७ वडाअध्यक्ष र २६ जना सदस्य निर्विरोध निर्वाचित भइसकेको नेपालले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !