२५ बैशाख २०८१, मंगलबार

मन्त्री खतिवडाले भने, ‘नयाँ बजेटले सबै क्षेत्रलाई समेट्छ’


youbaraj

१३ वैशाख, काठमाण्डौ । अर्थमन्त्री डा.युवराज खतिवडाले बिहिबार काठमाण्डौमा आयोजित पूर्व बजेटसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै नयाँ बजेटले सबै क्षेत्रलाई समेटने र सन्तुलनमा ल्याउने गरी सरकारले नयाँ बजेट ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले ‘निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम’ कटौति गर्न नसकिने पनि स्पष्ट पारे । बजेट राजनीतिक तथा आर्थिक दस्ताबेज भएकाले यसले संसददेखि जनतासम्मलाई नयाँ सन्देश दिनुपर्ने अर्थमन्त्री खतिवडाको भनाई छ ।

मुलुकमा रहेका जातीय, क्षेत्रीय, बर्गीय, लैंगिक सबै क्षेत्रलाई सन्तुलनमा ल्याउने ध्येय आगामी आर्थिक वर्षको बजेटको हुने पनि उनले बताए । अर्थमन्त्री खतिवडाले कर, ऋण वा अनुदान सहायता विनानै बजेट ल्याउनुपर्ने असम्भव तर्क नगर्न पनि सबैसँग आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !