२१ बैशाख २०८१, शुक्रबार

नेता, कार्यकर्तालाई ओलीको निर्देशन : संसद् विघटन गलत थियो भनेर आइन्दा नबोल्नुहोस्


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गलत थियो भनेर आइन्दा नबोल्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले संसद् विघटन गलत थियो भनेर यसअघि कतिपय अवस्थामा बोलेको पाइएको भन्दै अब यस्तो नबोल्न निर्देशन दिएका हुन् । एमालेको सल्लाहकार परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने, “यदाकदा प्रतिनिधिसभा विघटन त गलत नै थियो भनेर सल्लाहकार परिषद्का कमरेडहरूले बोल्नुभएको पाएको छु, अब आइन्दा प्रतिनिधिसभा विघटन गलत थियो भनेर नबोल्ल्नु होला। प्रतिनिधिसभा विघटन सही थियो र नै पार्टी अहिलेको अवस्थामा छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !