१८ बैशाख २०८१, मंगलबार

पोखरामा एकीकृत समाजवादीलाई अलग गरेर गठबन्धन गर्दै काङ्ग्रेस


पोखरा महानगरपालिका

पोखरा । सत्तारुढ दल नेपाली काङ्ग्रेस कास्की जिल्ला समितिले नेकपा (एकीकृत समाजवादी)लाई अलग गरेर गठबन्धनका लागि प्रयास गर्ने भन्दै विज्ञप्ति जारी गरेको छ ।

गठबन्धको बैठक चलिरहँदा जिल्ला सचिवहरुले सहमति हुन नसकेका कारण एसलाई अलग गरेर गठबन्धनका लागि प्रयास गर्ने भन्दै विज्ञप्ति निकालेको हो ।

“एकीकृत समाजवादीको अस्वभाविक दावीका कारणले निष्कर्ष निस्कन नसकेको र पार्टीका मातहातका निकायहरुको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठवन्धनका दलहरुसँग तालमेलका लागि वार्ता र सम्वाद अगाडी वढाउने र नेकपा एकीकृत समाजवादीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा सहित जाने निर्णय गरियो ।”, विज्ञप्तिमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !