११ जेष्ठ २०८१, शुक्रबार

सरकारलाई देशको आर्थिक अवस्थाबारे वृहत् अन्तर्क्रिया गर्न गठबन्धनद्वारा सुझाव


सत्ता गठबन्धनको बैठक

काठमाडौ । सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको आज बसेको बैठक सकिएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका नेताहरूको बैठकले सरकारलाई देशको आर्थिक अवस्थाबारे वृहत् अन्तर्क्रिया गर्न सुझाव दिएको छ ।

गठबन्धनका शीर्ष नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई देशको आर्थिक अवस्थाका बारेमा राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग वृहत् अन्तक्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय पनि बैठकले गरेको हो ।

गठबन्धनका शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री देउवालाई देशको आर्थिक अवस्था संकटग्रस्त भएकाले विज्ञहरूलाई राखेर अन्तर्क्रिया गरेर सोको वास्तविक अवस्था र त्यसको सुधारका लागि गर्न सकिने बारेमा ध्यानाकर्षण गराएको हो ।

गठबन्धनको बैठकले छुट्टै निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने निर्णय गरेको हो ।सो समितिमा विभिन्न पार्टीका नेताहरूलाई समेटिएतापनि समितिका सदस्यहरुको नाम भने अझसम्म सार्वजनिक गरिएको छैन ।

आजको बैठकमा प्रधानमन्त्री देउवाले हालै सम्पन्न आफ्नो भारत भ्रमणका विषयमा ‘बिफ्रिङ’ समेत गरेका थिए । सत्ता गठबन्धनको बैठकले समग्रमा प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल रहेको निष्कर्ष समेत निकालेको छ ।

यो पनि पढ्नुहोस्

गठबन्धनद्वारा पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !