७ बैशाख २०८१, शुक्रबार

गठबन्धनद्वारा पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन


सत्ता गठबन्धनको बैठक

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको आज बसेको बैठकले छुट्टै निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने निर्णय गरेको हो ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका नेताहरूको बैठकले उक्त निर्णय गरेको हो । सो समितिमा विभिन्न पार्टीका नेताहरूलाई समेटिएतापनि समितिका सदस्यहरुको नाम भने अझसम्म सार्वजनिक गरिएको छैन ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले हालै सम्पन्न आफ्नो भारत भ्रमणका विषयमा ‘बिफ्रिङ’ समेत गरेका थिए । सत्ता गठबन्धनको बैठकले समग्रमा प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल रहेको निष्कर्ष समेत निकालेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !