१४ बैशाख २०८१, शुक्रबार

माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदै


माधवकुमार नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसद विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आज न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुन लागेको हो ।

अध्यक्ष नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भनी एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । एमालेले सोही मागलाई निरन्तर अघि सारेर प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !