२६ बैशाख २०८१, बुधबार

प्रचण्ड र माधवलाई मत दिएर पनि ओलीलाई साइजमा राख्न गठबन्धन गर्नुपर्छ : पौडेल


रामचन्द्र पौडेल

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेलाई साइजमा राख्न पनि गठबन्धन आवश्यक भएको दावी गरेका छन् ।

वरिष्ठ नेता पौडेलले केपी शर्मा ओलीलाई साइजमा राख्न पनि गठबन्धन आवश्यक भएको बताए । उनले अहिलेको लडाइँ नै एमालेसँग भएको र अहिले ओलीलाई बलियो बनाउन नहुने बताए ।

“प्रचण्ड र माधव नेपाललाई हामीले मत दिएर पनि राख्नुपर्छ । ओलीलाई साइजमा राख्नुपर्छ । नभए लोकतन्त्र संकटमा पर्छ ।”, कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा उनले भने।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !