२३ बैशाख २०८१, आइतबार

मिश्रलाई पाण्डेको चेतावनी : जुन दिन हामी गाली गर्न छाड्छौं तपाईंको राजनीति सकिनेछ


रवीन्द्र मिश्र र मिलन पाण्डे

काठमाडौं । मिलन पाण्डेले विवेकशील साझा पार्टीले २६ जना केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएको निर्णय सुनेर दया लागेको टिप्पणी गरेका छन् ।

फागुन ३० मा बसेको कार्यसम्पादन समिति बैठकले २६ केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गरेपछि पाण्डेले यस्तो टिप्पणी गरेका हुन् ।

विवेकशील साझाको संयोजक रहेका पाण्डेलाई पार्टीले यसअघि नै साधारण सदस्य पनि नरहने गरी निकालेको थियो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन्, “छल गरेर त सकुनी पनि जितेका थिए । तर, अन्तमा जित पाण्डवकै भयो । क्षणिक जित्नु ठुलो कुरा होइन, आफ्नो कन्भिक्सनमा रहनु अनि आफ्नो विचारमा अडिनु नै राजनीतिमा सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।”

“पुकार बम लगायत २६ जनालाई कारबाही गरेको खबर पढेँ। २६ जना मध्ये अधिकांश विवेकशील साझाको संस्थापक नेता हुनुहुन्छ । सुरुमा निर्णय हेर्दै गर्दा हास उठ्यो अनि पछि दया लाग्यो । पुकार बम ती पात्र हुन् जसले वैकल्पिक राजनीति उज्वल थापा दाइसँग २०६९ साल जेठमा सुरु गरेका थिए ।”, उनले लेखेका छन् ।

पाण्डेले लेखेका छन्, “छल गरेर त सकुनी पनि जितेका थिए । तर, अन्तमा जित पाण्डवकै भयो । क्षणिक जित्नु ठुलो कुरा होइन, आफ्नो कन्भिक्सनमा रहनु अनि आफ्नो विचारमा अडिनु नै राजनीतिमा सबैभन्दा महत्त्वपूर्ण कुरा हो। पुकार बम लगायत २६ जनालाई कारबाही गरेको खबर पढेँ। २६ जना मध्ये अधिकांश विवेकशील साझाको संस्थापक नेता हुनुहुन्छ। सुरुमा निर्णय हेर्दै गर्दा हास उठ्यो अनि पछि दया लाग्यो। पुकार बम ती पात्र हुन् जसले वैकल्पिक राजनीति उज्वल थापा दाइसँग २०६९ साल जेठमा सुरु गरेका थिए। केजरिवालले आप सुरु गर्नु ६ महिना अघि, बिजुली, धारा, किताब झुन्ड्याउँदै डेलिभरीको मुद्दा बोक्दै हिँड्थे। पुकार बम ती पात्र हुन् जसले कोरोनाको बेलामा ५०० दिनसम्म हजारौँलाई खाना खुवाए। ‘इनफ इज इनफ’को बेलामा नागरिकका निम्ति १२ दिनसम्म अनशन बसे। दोस्रो लकडाउनमा देशवासीलाई घर घरमा पुगेर अक्सिजन र खाना खुवाए। यति काम कुन नेताले गरेको छ यो ५ वर्षमा ?जसले वैकल्पिक राजनीति सुरु गर्यो, जसले हालेको जगमा टेकेर राजनीति गर्दै हुनुहुन्छ, उसलाईनै कारबाही ?मलाई यसपालि चाही रिस उठेन, बरु दया लाग्यो।यति बुझ्नुहोस् रवीन्द्र अङ्कल, जुन दिनबाट हामी तपाईँलाई गाली गर्न छोडिदिनेछौ, त्यो दिनबाट तपाईँको राजनीति सकिने छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !