२३ बैशाख २०८१, आइतबार

मन्त्री खतिवडा भन्छन्- निर्वाचनमा काँग्रेस सहभागी नभए वाम गठबन्धन हुनसक्छ


विरोध खतिवडा

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले स्थानीय तहको निर्वाचनमा काँग्रेससँग गठबन्धन नहुने स्थिति आए वाम गठबन्धन हुनसक्ने बताएका छन् ।

मन्त्री विरोध खतिवडाले संविधानको रक्षाका लागि गरिएको वर्तमान गठबन्धनको निरन्तरता आफूहरुको पहिलो प्राथमिकताको विषय भएको समेत बताए ।

गोरखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन्। अहिलेको मुख्य आवश्यकता र प्राथमिकता कांग्रेससहितको गठबन्धन नै रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !