२२ बैशाख २०८१, शनिबार

संसद विघटन ओली एक्लैले नगरी देशी र विदेशी ठूलो षडयन्त्रवाट भएको थियो : प्रचण्ड


प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा संसदको विघटन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली एक्लैले नगरी देशी र विदेशी ठूलो षडयन्त्रवाट भएको दावी गरेका छन् ।

सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एउटा ठूलो षडयन्त्र अन्तर्गत संसद विघटन भएको खुलासा गरेका हुन् ।माओवादी आन्दोलनलाई समाप्त पार्न देशी तथा विदेशी शक्तिहरुले षडयन्त्र गर्दै आएको उनले बताए ।

प्रचण्डले भने, ‘विदेशी शक्ति जोडिए, न्यायालय पनि जोडियो । प्रतिक्रियावादी जोडिए । एउटा ठूलो सेटिंग थियो । यसको उद्देश्य माओवादी नेतृत्वलाई नेस्तानाभूत गर्ने एउटा डिजाईन गर्नका लागि गरिएको षडयन्त्र थियो ।’

उनले माओवादी जनयुद्धको बलमा प्राप्त संघीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिंग अन्तर्गतको षडयन्त्र भएको र सो संघर्षमा ओली एउटा माध्यम भएको उनको भनाई थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !