२६ बैशाख २०८१, बुधबार

अधिकार प्राप्त गर्नका लागि महिलाले क्षमता विकास गर्नुपर्छ : तिमिल्सिना


गणेश प्रसाद तिमिल्सिना

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महिलाका पक्षमा संविधान र कानुनमा भएका अधिकारलाई प्रयोगमा ल्याउन सोहीअनुसार क्षमता विकास हुनुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष तिमिल्सिनाले अधिकार प्राप्त गर्नका लागि महिलाले क्षमता पनि विकास गर्दै जानुपर्ने कुरामा जोड दिएका हुन् । नारी दिवसका अवसरमा आयोजित एक कार्यक्रममा उनले बताएका हुन् ।

महिलालाई धेरै वर्षअघि कानुनमा विभेद गरिएको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले अहिले संविधान र कानुनमै अधिकारको ग्यारेन्टी भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !