२२ बैशाख २०८१, शनिबार

स्थानीय निर्वाचनमा ठुलो सफलता हासिल गर्छौं : अध्यक्ष नेपाल


माधवकुमार नेपाल फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अन्य पार्टीसँग तालमेल गरेर स्थानीय तह निर्वाचनमा अत्यधिक सफलता हासिल गर्ने बताएका छन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले स्थानीय निर्वाचनमा तालमेल गरेर अत्याधिक सफलता हासिल गर्ने दाबी गरेका हुन् । सोमबार रामेछापबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरूलाई स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचन केन्द्रित भएर टोल–टोलमा संगठन विस्तार र परिचालनमा आफूहरू लागेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !