११ जेष्ठ २०८१, शुक्रबार

बन्द सफलका लागि धन्यवाद भन्दै विप्लवले निकाले प्रेस व्यक्तव्य


विप्लव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचीव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले नेपाल बन्द सफलका लागि धन्यवाद भन्दै आज राती एक प्रेस व्यक्तव्य निकालेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित अन्य दलहरुले आज नेपाल बन्द गरेका थिए । प्रतिनिधिसभावाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता पारित गर्न लगिएको भन्दै नेपाल बन्द गरिएको थियो ।

६ दल र दुई मोर्चाले सरकारले आज संसदमा एमसीसी अनुमोदन गरेपछि सोको बिरोधमा आज फागुन १६ गते नेपाल बन्द गर्ने गरेका थिए भने हिजो बेलुका देशब्यापी मसाल जुलुस निकाल्ने घोषणा गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (बिप्लव समूह), नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, नेपाल कम्युनिष्ट पार्टी (ऋषि कट्टेल) वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र नेकपा माओवादी माओवादी समाजवादीले एमसीसी सम्झौताबिरुद्ध आज नेपाल बन्द गरेका ।

नेकपाका महासचिव विप्लव, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवदी केन्द्र समाजवादीका संयोजक कर्णजित बुढाथोकी, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका आहुतीले हिजो संयुक्त विज्ञप्ति जारी गरी देउवा सरकारले संसदवाट रातारात एमसीसी पारित लागेको भनेर त्यसको बिरोध गर्दै नेपाल बन्दको आयोजना गरेका थिए ।

यस्तो छ हेर्नुहोस् विप्लवले निकाले प्रेस व्यक्तव्य

विप्लवले निकाले प्रेस व्यक्तव्य

यो पनि पढ्नुहोस्

बन्दकर्ताले आगजनी गरेपछि वीरेन्द्रनगरमा भोलि साँझसम्म कर्फ्यू

एमाले सुर्खेत पार्टी कार्यालय बन्दकर्ताले जलाए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !