२० बैशाख २०८१, बिहिबार

एमाले सुर्खेत पार्टी कार्यालय बन्दकर्ताले जलाए


एमाले सुर्खेत पार्टी कार्यालय

सुर्खेत । नेकपा एमालेको सुर्खेत पार्टी कार्यालयमा नेपाल बन्द गरेका ८ दलका कार्यकर्ताले आगजनी गरेका छन् । संसदवाट अनुमोदन भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौताको विरोधमा बन्दको गरेका ८ दलका कार्यकर्ताले सुर्खेत पार्टी कार्यालय जलाएका हुन् ।

आज बिहान ६ बजेदेखि नै सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको सडकमा नाराबाजी गरेका बन्दकर्ताले कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् ।

सुरक्षाकर्मीले भीडलाई तितरबितर पार्न केही राउन्ड अश्रुग्यास प्रहार समेत गरेको थियो । सत्तामा रहेका ४ दल र प्रतिपक्षी दल एमालेको सहमतिमा राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन गरिएको भन्दै ती दलले सोमबार बन्द गरेका थिए ।

बन्दकर्ताहरूले नेकपा एमाले सुर्खेतको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेपछि वीरेन्द्रनगरमा कर्प्यू लगाइएको छ । सोमबार राति एमाले पार्टी कार्यालयमा आगजनी गरेपछि स्थिति तनाबग्रस्त बनेपछि कर्फ्यू लगाइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !