२२ बैशाख २०८१, शनिबार

बन्दकर्ताले आगजनी गरेपछि वीरेन्द्रनगरमा भोलि साँझसम्म कर्फ्यू


एमाले सुर्खेत पार्टी कार्यालय

सुर्खेत । नेपाल बन्दकर्ताले आगजनीमा उत्रिएपछि सुर्खेतको वीरेन्द्रनगरमा भोलि साँझसम्म कर्फ्यू लगाइएको छ । बन्दकर्ताहरूले सुर्खेतस्थित नेकपा एमाले, माओवादी केन्द्र र कांग्रेसको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेपछि वीरेन्द्रनगरमा कर्प्यू लगाइएको हो ।

नेपाल बन्द गरेका ८ दलका कार्यकर्ताले आज बिहान ६ बजेदेखि नै सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको सडकमा नाराबाजी गर्नुका साथै नेकपा एमालेको सुर्खेत पार्टी कार्यालयमा आगजनी गरेका छन् । संसदवाट अनुमोदन भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौताको विरोधमा बन्दको गरेका ८ दलका कार्यकर्ताले सुर्खेत पार्टी कार्यालय जलाएका हुन् ।

सुरक्षाकर्मीले भीडलाई तितरबितर पार्न केही राउन्ड अश्रुग्यास प्रहार समेत गरेको थियो । सत्तामा रहेका ४ दल र प्रतिपक्षी दल एमालेको सहमतिमा राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन गरिएको भन्दै ती दलले सोमबार बन्द गरेका थिए ।

एमसीसी पारित भएको विषयलाई लिएर सोमबार बिहानदेखि नेपाल बन्दकर्ताले तोडफोड, आगजनीका साथै धनजनको क्षति गर्ने प्रयास गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज सोमबार राति ८:१५ बजेदेखि भोलि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

आज सोमबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन (संसोधनसहित) २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू लगाउने निर्णय गरेको हो । पूर्वमा धुलियाबिट, पश्चिममा बांगेसिमलसहित उत्तरमा वीरेन्द्रनगर नगरपालिका–७ र दक्षिणमा लाटिकोइली शिवमन्दिर हुँदै काँक्रेविहार, देउतीबज्यै एवं सुब्बाकुनासम्म कर्फ्यू लागू हुने प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (बिप्लव समूह) , नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, नेपाल कम्युनिष्ट पार्टी (ऋषि कट्टेल) वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र नेकपा माओवादी माओवादी समाजवादीले एमसीसी सम्झौताबिरुद्ध आज नेपालबन्द गरेका थिए ।

नेकपाका महासचिव विप्लव, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवदी केन्द्र समाजवादीका संयोजक कर्णजित बुढाथोकी, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका आहुतीले हिजो संयुक्त विज्ञप्ति जारी गरी देउवा सरकारले संसदवाट रातारात एमसीसी पारित लागेको भनेर त्यसको बिरोध गर्दै नेपाल बन्दको आयोजना गरेका थिए ।

यस्तो छ हेर्नुहोस् सुर्खेतको वीरेन्द्रनगरमा जारी गरिएको कर्फ्यू आदेश

कर्फ्यू आदेश

यो पनि पढ्नुहोस्

एमाले सुर्खेत पार्टी कार्यालय बन्दकर्ताले जलाए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !