११ जेष्ठ २०८१, शुक्रबार

संसदको दोस्रो बैठक शुरु, अर्थमन्त्रीद्वारा व्याख्यात्मक घोषणा पेश


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभाको दोस्रो चरणको बैठक शुरु भएको छ । भर्खरै शुरु भएको संसद्को दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतामाथिको व्याख्यात्मक घोषणा पेश गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषद्को बैठकले पारित गरेको एमसिसी सम्झौतामाथिको व्याख्यात्मक घोषणा प्रतिनिधिसभाको बैठकमा पेश गरिएको हो । संसद भवन नयाँ वानेश्वरमा ३ मिनेट बसेर सकिएको मन्त्रिपरिषद्को बैठकले व्याख्यात्मक घोषणा पारित गरेको थियो ।

आइबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने गरेको निर्णयको टिप्पणी मन्त्रिपरिषद्‌बाट पारित गरिएको हो । प्रतिनिधिसभाको आज जारी बैठकमा सम्झौता छलफलका लागि पेश गरिएको प्रस्ताव बहुमतले पारित भएपछि मन्त्रिपरिषद्को बैठकले एमसीसी सम्झौतामाथि व्याख्यात्मक घोषणा पारित गरेको थियो ।

सत्ता गठबन्धनको आज बिहान बसेको बैठकले एमसिसी सम्झौता व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको थियो । आज प्रतिनिधिसभाका दुई वटा बैठक सरकारले राखेको छ । सम्पन्न भएको पहिलो बैठकमा एमसीसी छलफलका लागि पेश गरेर बहुमतले पारित भएको छ भने दोस्रो बैठकले अनुमोदन गर्ने रणनीति सरकारले अवलम्वन गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !