२३ बैशाख २०८१, आइतबार

मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीमाथिको व्याख्यात्मक घोषणा संसदमा पेश गरिने


एमसीसी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषद्को बैठकले पारित गरेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतामाथिको व्याख्यात्मक घोषणा प्रतिनिधिसभाको बैठकमा पेश गरिने भएको छ ।

संसद भवन नयाँ वानेश्वरमा ३ मिनेट बसेर सकिएको मन्त्रिपरिषद्को बैठकले व्याख्यात्मक घोषणा पारित गरेक थियो । आइबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने गरेको निर्णयको टिप्पणी मन्त्रिपरिषद्‌बाट पारित गरिएको हो ।

प्रतिनिधिसभाको आज जारी बैठकमा सम्झौता छलफलका लागि पेश गरिएको प्रस्ताव बहुमतले पारित भएपछि मन्त्रिपरिषद्को बैठकले एमसीसी सम्झौतामाथि व्याख्यात्मक घोषणा पारित गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले पारित गरेको एमसीसीमाथिको व्याख्यात्मक टिप्पणी केही बेरमा बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा पेश गरिने भएको छ ।एमसीसी संसद्‌बाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनबीच भएको सहमतिको विषयमा निर्णय गर्नका लागि संसद् बैठक आधा घण्टा स्थगित गरेर मन्त्रिपरिषद्‌को बैठक बसेको थियो ।

सत्ता गठबन्धनको आज बिहान बसेको बैठकले एमसिसी सम्झौता व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको थियो । आज प्रतिनिधिसभाका दुई वटा बैठक सरकारले राखेको छ । सम्पन्न भएको पहिलो बैठकमा एमसीसी छलफलका लागि पेश गरेर बहुमतले पारित भएको छ भने दोस्रो बैठकले अनुमोदन गर्ने रणनीति सरकारले अवलम्वन गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !