२० बैशाख २०८१, बिहिबार

अन्तत: एमसिसी सम्झाैता संसदवाट अनुमोदन

एमसीसी सम्झाैता व्याख्यात्मक घोषणासहित संसद्‍बाट बहुमतले पारित


एमसिसी अनुमोदन

काठमाडौँ । अन्तत: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतामाथिको १२ बुँदे व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाको बैठकमा दफावार छलफल भएर संसदवाट अनुमोदन भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणासहितको प्रस्ताव पारित गर्न सभामा प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई ध्वनिमतले पारित गरिएको हो । लामो बहस र विवादपछि उक्त सम्झौता आज पारित भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले व्याख्यात्मक घोषणासमेत सदनबाट जारी भएको सुनाए । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने आफ्ना माग सम्बोधन नभएको जनाउँदै विरोध जारी राखेको थियो ।

मन्त्रिपरिषद्को बैठकले एमसिसी सम्झौतामाथिको १२ बुँदे व्याख्यात्मक घोषणा गर्ने निर्णय गरेको थियो । संसद्को दोस्रो बैठकमा अर्थमन्त्री शर्माले पेश गरेको एमसिसी सम्झौतामाथिको व्याख्यात्मक घोषणासहित संसदले बहुमतले अनुमोदन गरेको हो ।

संसद भवन नयाँ वानेश्वरमा ३ मिनेट बसेर सकिएको मन्त्रिपरिषद्को बैठकले व्याख्यात्मक घोषणा पारित गरेको थियो । आइबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने गरेको निर्णयको टिप्पणी मन्त्रिपरिषद्‌बाट पारित गरिएको थियो ।

व्याख्यात्मक टिप्पणीमा एमसीसी इन्डोप्यासिफिक अन्तर्गत नपर्ने, नेपालको संविधान कम्याप्ट भन्दामाथि रहने, लेखापरीक्षण नेपालको महालेखा परीक्षकबाट समेत हुने लगायत उल्लेख बुँदाहरु उल्लेख गरिएको छ । प्रतिनिधिसभाको अर्काे बैठक यही फागुन १८ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !