१४ बैशाख २०८१, शुक्रबार

संसदको बैठक आज बस्दै, एमसीसीमाथि छलफल हुने कार्यसूची तय


एमालेद्वारा संसद अवरुद्ध

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दै छ । आज दिउँसो १ बजे बस्ने संसदको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता सम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसूची तय भएको छ ।

सरकारको आग्रहमा शुक्रबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो । सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख सापकोटालाई भेटेर सो दिन बस्ने भनिएको संसदको बैठक आज आइतवारसम्म स्थगित गर्न आग्रह गरेपछि बैठक सारिएको थियो ।

प्रतिनिधिसभाको आज बस्न बैठकमा एमसिसी सम्झौतामा सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची रहेको छ । संघीय संसद सचिवालयले हिजो शनिबार सार्वजनिक गरेको आजको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्तावमा सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूचीको दोस्रो नम्वरमा उल्लेख गरिएको छ । आज बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश हुने भएको हो ।

यस्तै बैठकको सम्भावित कार्यसूचीको पहिलो नम्वरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तो छ हेर्नुहोस् आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची

Samsad Possible Schedule


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !