१४ बैशाख २०८१, शुक्रबार

प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन : पूर्वराजा ज्ञानेन्द्र शाह


पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नभएको बताएका छन् ।

७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा आज शुक्रबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नभई त्यो व्यवस्था त आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली भएको बताएका हुन् ।

आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र नभएको र आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ र प्रलोभनमा पनि प्रजातन्त्र नभएको बताएका छन् ।

उनले प्रजातन्त्र निर्देशित र नियन्त्रित हुँदैन भन्दै यो त स्वतः स्फुर्त एवम् लोकसम्मत हुने भएकोले अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई कता पुर्‍याई रहेको छ ? भनेर विचारणीय प्रश्न गरेका छन् ।

पछिल्ला दशकमा भइरहेको अभ्यासले प्रजातन्त्रको नाममा एकतालाई संकटापन्न अवस्थामा पुर्याएको र जनतालाई निराशाको दहमा डुबाउंदै लगेको बताएका छन् । पूर्वराजा शाहले राजा र जनताको सहमतिबाट खडा भएको नेपाल राष्ट्रमा निषेध र विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतातर्फ फस्दै गएको संकेत गर्दै उनले मुलकमा यस्तो संकट आउनुमा नेतृत्वको मात्र दोष नभएर शासन प्रणाली कै दोष भएको तर्क गरेका छन् ।

उनले अरुले ओढाई दिएको आसमानमूनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भूल्ने परिपाटी प्रजातन्त्र हून नसक्ने भन्दै जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्रको मुल्य मान्यता नभएको बताएका छन् ।

प्रजातन्त्र निर्देशित र नियन्त्रित नहुने भन्दै शाहले स्वदेशकोे प्रकृति र परिवेशबाट पृथक भएर बाह्य लोभ, प्रलोभनमा नपर्न पनि राजनीतिक दलका नेताहरुलाई आग्रह पनि गरेका छन् । राजा शाहले अमेरिकाले दिने भनिएको सहयोग एमसीसीतर्फ संकेत गर्दै कसैले कसैलाई दिने दान अनूदान प्रजातन्त्र नभएको संकेत गरेका हुन् ।

यस्तो छ हेर्नुहोस् पूर्वराजाले ७२ औँ प्रजातन्त्र दिवसको दिएको शुभकामना सन्देश

पूर्वराजाको शुभकामना सन्देश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !