२२ बैशाख २०८१, शनिबार

एमालेले आज पनि संसद् अवरोध जारी राख्ने


सुवासचन्द्र नेम्वाङ

काठमाडौं । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद् अवरोध जारी राख्ने दावी गरेका छन् । नेम्वाङले आजको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरिने बताए ।

नेम्वाङले भने, “संसद्मा हामीले उठाएको माग पूरा भएको छैन । अवरोध जारी राख्छौँ । प्रधानमन्त्रीले गठबन्धनबाट निर्णय गर्नुभएको छैन । हामी त प्रस्ट छौँ नि । गठबन्धन पहिले प्रस्ट हुनुपर्‍यो ।”

एमसीसीका विषयमा पहिले सत्ता गठबन्धन प्रस्ट हुनुपर्ने उनको भनाइ छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !