१४ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा


सार्वजनिक विदा

पोखरा । गण्डकी प्रदेश सरकारले आज बुधबार सार्वजनिक बिदा दिएको छ । हिजो मंगलबार बसेको गण्डकी मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार स्थापना भएको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गण्डकी सरकार २०७४ फागुन ४ गते निर्माण भएको थियो । चौथो स्थापना दिवसमा गण्डकी प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ-संस्था, शिक्षण संस्था लगायतले बिदा पाउने आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !