२२ बैशाख २०८१, शनिबार

नेकपा एमालेले आज पनि संसद अवरूद्ध गर्ने


एमालेद्वारा संसद अवरुद्ध फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि संसद अवरूद्ध गर्ने भएको छ । एमालेले आज बुधबार बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा अवरोध जारी राख्ने भएको हो ।

सत्तापक्षले आफूसँग कुनै किसिमको छलफल नगरेको एमालेले बताएको छ । एमालेले आफूले उठाएका एजेण्डाबारे छलफल नभएकोले संसद अवरोध जारी राख्ने भएको हो । साथै भोलिको संसद बैठकमा एमालेले आफ्ना सबै सांसदलाई उपस्थित हुन भनेको छ ।

एमालेले आफ्ना पार्टीका १४ सांसदलाई गरेको कारबाहीको सूचना नटाँसेको भन्दै एमालेले संसद अवरूद्ध गर्दै आएको छ । सांसदहरूमाथिको कारबाहीको सूचना टाँस्नुपर्ने र त्यस्तो नगरे सभामुख अग्नि प्रसाद सापकोटाले निकास दिनुपर्ने एमालेको माग छ ।

एमालेले आजको बैठकमा एमसिसी टेवुल हुने अनौपचारिक जानकारी आफूले पाएको समेत बताएको छ । संसद अवरोधको अवस्थामा रहेको पार्टीले कुनै पनि छलफलमा भाग नलिने एमालेले बताएको छ । आज बुधबार १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठकमा संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसिसी समावेश गरिएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु