२१ बैशाख २०८१, शुक्रबार

देउवा र प्रचण्डले एमसीसी संसदबाट पारित गर्ने भनेर पत्र पठाएको खुलासा (पत्रसहित)


प्रचण्ड र देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) लाई पत्र पठाएको खुलासा भएको छ ।

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाई एमसीसीलाई लिखित पत्र नै पठाएको खुलासा भएको हो । यसअघि देउवाले एमसीसीलाई पत्र पठाएको भनेर संकेतसम्म दिएका थिए भने प्रचण्डले सो कुरालाई अस्वीकार गर्दै आएका थिए ।

गत कात्तिक १८ गते स्कटल्यान्डको ग्लास्गोमा जारी कोप-२६ मा सहभागिता भएर स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्ड र आफूले एमसीसी कार्यान्वयनको प्रतिवद्धता जनाई एमसीसीलाई पत्र पठाएको खुलासा गरेका थिए । तर प्रचण्डले भने एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता सहितको पत्र नपठाइएको जिकिर गर्दै आएका थिए ।

देउवा र प्रचण्डले सेप्टेम्बर २९ तारिख अर्थात् असोज १३ गते एमसीसीलाई पठाएको पत्र खुलासा भएको हो । उनीहरुले एमसीसीका अध्यक्षलाई सम्बोधन गरेर पठाइएको संयुक्त पत्रमा एमसीसी संसदबाट अनुमोदन गर्न दुवै नेताले प्रतिवद्धता व्यक्त गर्दै ४/५ महिनाको समय मागेको पत्रमा उल्लेख गरिएको छ ।

दुई नेताले पार्टी कार्यकर्तालाई एमसीसीका बारेमा बुझाउनेदेखि गठबन्धन आबद्ध दलले संयुक्त पत्रकार सम्मेलन गरेर प्रस्टाउनेसम्मका बुँदा उल्लेख गरेका छन् । एमसीसी सम्झौतालाई संसद्बाट पारित गराउनका लागि सभामुख अग्निप्रसाद सापकोटालाई अविलम्ब आग्रह गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको पत्रमा उल्लेख छ ।

यस्तो छ देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र
यस्तो छ देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र
यस्तो छ देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !