२५ बैशाख २०८१, मंगलबार

विधान र नियमावली बनेपछि दलको नेता चयन गर्छौँ : अनिल झा


anil-jha

२ वैशाख, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । चुनाव सम्पन्न भएको चार महिना वितिसक्दा पनि राजपाले दलको नेता चयन नगरेको हो ।

अरु सबै दलहरुले दलको नेता छानिसकेका छन् । पार्टीभित्रको आन्तरिक विवादका कारण दलको नेता चयन गर्न नसकिएको आशंका गरिएको छ ।

राजपाका नेता अनिल झाले पार्टीको संसदीय दलको विधान र नियमवाली बनाउने समिति बनेको जानकारी दिदै उक्त विधान पारित भएपछि संसदीय दलको नेता चयन गरिने बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका ऋषि धमलासँग कुरा गर्दै नेता झाले संसदीय दलको नेता छान्ने विषयमा पार्टीभित्र कुनै विवाद नभएको दाबी गरे ।

“दलको विधान र नियमावली बनेपछि सोहीअनुसार निर्वाचन हुन्छ । दलको नेता कानुनी व्यवस्थाअनुसार नै चयन गर्छौँ ।” झाले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !