२५ बैशाख २०८१, मंगलबार

विशेष अदालतद्वारा थुनुवा बाहेकका सबै सेवा स्थगित


विशेष अदालत

काठमाडौं । विशेष अदालतले थुनुवा बाहेकका सबै सेवा स्थगित गरेको छ । विशेष अदालतका अनुसार कोरोना संक्रमणको जोखिम बढेको भन्दै अदालतले थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने भएको हो ।

अदालतले त्यसबाहेक थुनुवाको म्याद थपको कामकारवाही मात्रै गर्नेछ । आरोपपत्रका साथ उपस्थित गराइएका आरोपितको थुनछेक आदेश बाहेक अरु न्यायिक काम हुने छैन । विशेष अदालतले आरोपपत्र दर्ताको काम भने जारी राख्ने जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !