१४ बैशाख २०८१, शुक्रबार

एमाले बाराको अध्यक्षमा साह सर्वसम्मत चयन


एमाले

बारा । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बारा जिल्लाको अध्यक्षमा विनोद साह सर्वसम्मत चयन भएका छन् ।

अध्यक्ष पदमा साहसँगै अध्यानन्द पाण्डेय, रविन्द्र दास श्रेष्ठ तथा देवनारायण चौधरीले दाबी गर्दै आए बिहीबार राति सम्पन्न बन्द सत्रबाट सर्वसम्मत रुपमै पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको एमाले बाराले जनाएको छ ।

त्यस्तैगरी अध्यक्षमा साह, उपाध्यक्षमा टीना सुवेदी, सचिवमा अध्यानन्द पाण्डेय र सह सचिवद्वयमा अमृत बजगाई र भुलन चौधरीलाई चयन गरिएको निवर्तमान अध्यक्ष देवनारायण चौधरीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !