२७ बैशाख २०८१, बिहिबार

भौतिक पूर्वाधार मन्त्रीका छोरा सोडारी पक्राउ


पक्राउ

धनगढी । सवारी ज्यान मुुद्दामा फरार भएका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीका छोरा पक्राउ परेका छन् । मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी पक्राउ परेका छन् ।

२३ वर्षीय सोडारीलाई आइतबार पक्राउ गरिएको प्रहरीले बतायो । सवारी ज्यान मुद्दामा आइतबार सोडारीलाई नियन्त्रणमा लिएर अनुुसन्धान गरिरहेको प्रहरीले बतायो ।

प्रहरीकाअनुसार गत पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको गाडीको ठक्करबाट पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् । न्यौपानेको उपचारका क्रममा नेपालगञ्जमा पुस ११ गते मृत्युु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !