२६ बैशाख २०८१, बुधबार

संविधानसभा सदस्य जगतबहादुर ताजपुरियाको निधन


मृत्यु

दमक । प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं संविधानसभा सदस्य झापा, शिवसतासी-४ निवासी जगतबहादुर ताजपुरियाको ७८ वर्षको उमेरमा निधन भएको छ ।

विसं २०१७ सालदेखि नेपाली कांग्रेसमा प्रवेश गर्दै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय उनी केही दिन यता अस्वस्थ्य थिए । प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक-पटक पक्राउ परी जेल जीवन बिताएका उनको शनिवार राति आफ्नै निवासमा निधन भएको कांग्रेस झापाका पूर्वजिल्ला सचिव भक्ति सिटौलाले बताए ।

विसं २०६४ सालमा नेपाली कांग्रेसकातर्फबाट समानुपातिक कोटामा उनी संविधानसभा सदस्य मनोनित भएका थिए । उनका श्रीमती, तीन छोरा र एक छोरी छन् ।

यसैबीच कांग्रेस झापाका सभापति देउकुमार थेवेले ताजपुरियाको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको बताउँदै शोक समवेदना व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !