१५ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओलीद्वारा माथिल्लो तामाकोशी निरिक्षण गर्दै समयमै सक्न निर्देशन


केपी शर्मा ओली

२८ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम प्रगतिबारे स्थलगत अवलोकन गरेका छन् ।

बुधबार स्थलगत निरीक्षणमा पुगेका प्रधानमन्त्री ओलीले जसरि भएपनि तोकिएकै समयमा आयोजना सक्न निर्देशन दिएका हुन ।

२०७५ पुस महिनामा पूरा हुने लक्ष्य राखिएको यो ४ सय ५६ मेगावाटको आयोजना हो ।

आयोजनाको लागत ३९ अर्ब २९ करोड हुने आँकलन छ । सुरुमा यो आयोजनाको लागत ३५ अर्ब ३० करोड आँकलन गरिएको थियो ।

प्रधानमन्त्रीसँगै स्थलगत निरीक्षणमा ऊर्जामन्त्री वर्षमान पुन, नेपालका लागि चीनीयाँ राजदुत यु होङ लगायत पुगेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !