१४ बैशाख २०८१, शुक्रबार

महामन्त्रीमा पराजित प्रदीप पौडेल केन्द्रीय सदस्यमा मनोनित


प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित प्रदीप पौडेललाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका छन् । पौडेल सँगै सभापतिमा पराजित कल्याण गुरुङ केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

सभापति देउवाले यसअघि रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !