२२ बैशाख २०८१, शनिबार

तीनै तहको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनुपर्छ : पूर्वमन्त्री भण्डारी


शङ्कर भण्डारी फाइल फोटो

तनहुँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले तीनै तहको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरी काम गर्नुपर्ने बताएका छन् ।

नेता भण्डारीले हिजो बुधबार बन्दिपुर गाउँपालिकाको नाहालामा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ता आजैदेखि निर्वाचनको तयारीमा जुट्ने हो भने बहुमत ल्याउन कुनै पनि असम्भव नभएको बताए ।

सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी १४ जना नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई केन्द्रीय सदस्य भण्डारीले टीका तथा सदस्यता प्रदान गरेर स्वागत गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !