१४ बैशाख २०८१, शुक्रबार

माधव नेपाल भन्छन्- कुराले मात्र होइन काम गरेर देखाएर जनताको मन जित्नुपर्छ


माधव नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपालले कुराले मात्र नभई काम गरेर देखाएर जनताको मन जित्नुपर्ने स्पष्ट पारेका छन् । माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा पार्टीको तर्फवाट शुभकामना दिंदै अध्यक्ष नेपालले नेपालको इतिहास अब पछाडि नफर्किने तर नेताहरूले पनि जनताको विश्वास जित्न नसकेको उनले बताए ।

अध्यक्ष नेपालले देश र जनताका लागि अझै दलीय एकता र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले विचार र एजेण्डा फरक भए पनि देश र जनताका लागि अझै दलीय एकता आवश्यक रहेको बताएका हुन् ।

उनले नयाँ नेपाल बनाउन पार्टीका विचार र मान्यता के हुन् त्यसमा छलफल गर्नुपर्ने बताएका हुन् । नेपालले सबै राजनीतिक दल एक हुँदा सफलता आएको भन्दै मूल कुरामा सहमति गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

उनले राजनीतिक क्रान्तिका काम सम्पन्न गरिसकेको भन्दै उनले अब जनुसुकै पार्टीमा आबद्ध भए पनि राष्ट्रिय झण्डामा एकताबद्ध हुनुपर्ने बताउदै राष्ट्रियताको सवालमा विमति हुनु नहुने बताए ।

नेपालले एउटा व्यक्तिको तानाशाही नेपालमा स्वीकार्य नहुने बताएका छन् । उनले राष्ट्रियतको नाममा दास र एउटा व्यक्ति र वंशको तानाशाही स्वीकार्य नहुने उल्लेख गरे ।

अहिले पनि नेताहरूप्रति जनताको विश्वास कायम हुन नसकेको उनको भनाइ छ । देशमा भ्रष्टचारले नेताहरूप्रति जनता विश्वस्त हुन नसकेको उनले बताए । अत्याचार, असमानता, विभेद अन्त्य गरेर अघि बढ्नुपर्ने भन्दै अध्यक्ष नेपालले जनताको विश्वास जित्न सक्नुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु