१२ जेष्ठ २०८१, शनिबार

वैशाख १४ गते स्थानीय तहको चुनाव गर्न आयोगद्वारा सरकारलाई सुझाव


आयोगलाई निर्वाचन प्रक्रिया निरन्तर अगाडि बढाउन प्रधानमन्त्रीले गरे छलफल

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनाव आगामी २०७६ साल वैशाख १४ गते गर्न सरकारलाई सुझाव दिएको छ । आज प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ गते बुधबारका लागि स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिएका हुन् ।

तर कुनै कारणवश एकैदिनमा निर्वाचन गर्न सम्भव नभए पहिलो चरणको २०७९ वैशाख १४ गते र दोस्रो चरणको वैशाख २२ गते गर्न सकिने आयोगले बताएको छ । आयोगका अनुसार मौजुदा कानुन अनुसार स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख महिनामा गर्नुपर्ने हुन्छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम २०७९ जेठ ५ गते स्थानीय तहका पदाधिकारीहरूको पदावधि समाप्त हुने आयोगले जनाएको छ ।संविधानको धारा २२५ बमोजिम कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

संविधानको धारा २२५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिएपनि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !